Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • १२औँ पटक मन्त्रिपरिषद् हेरफेरको तयारी, जनमतबाट मन्त्री बन्दै अनिता

    १२औँ पटक मन्त्रिपरिषद् हेरफेरको तयारी, जनमतबाट मन्त्री बन्दै अनिता

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 747
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२औँ पटक मन्त्रिपरिषद् हेरफेरको तयारी थालेका छन् ।

    मन्त्रिपरिषद् हेरफेरको पूर्वसन्ध्यामा जनमत पार्टीले प्रमुख सचेतक अनिता देवीको नाम मन्त्रीका लागि प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो । तर, उनको विभाग टुंगिन बाँकी छ ।



    १६ असारमा प्रधानमन्त्री प्रचण्डले जनमतका अध्यक्ष सिके राउतलाई भेटेर सरकारमा सहभागी हुन आग्रह गर्दै मन्त्रीको नाम मागेका थिए । प्रधानमन्त्री प्रचण्डले माओवादीले सम्हाल्दै आएको मन्त्रालयमध्ये एक मन्त्री फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा सहभागी गराउने गृहकार्य थालेका छन् । यसअघि सरकारलाई समर्थन गरेपनी जनमतबाट मन्त्री बनेका थिएनन् ।



    चैत १७ गते काङ्ग्रेस सहितको नयाँ मन्त्री थपिएपछि मन्त्रालयमा असन्तुष्टि जनाउदै जनमतका उपाध्यक्ष अब्दुल खानले राजिनामा दिएका थिए। त्यसबेला उनी खानेपानी मन्त्री थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार