Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - अहिलेको सरकारको तागत नै झुट बोल्नु हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम छर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखेको भनेर प्रचार गरिएको तथा मिटर ब्याजसम्बन्धी अध्यादेश रोकेको भनेर प्रचार गरेको भन्दै असन्तुष्टि जनाए ।

अध्यक्ष ओलीले भने, ‘केटाकेटीको बल नै रुनमा हुन्छ, बाआमाले टेरेन भने रोएरै आफ्नो पक्षमा पर्छ । अहिलेको सरकारको तागत झुट बोल्ने अफवाह फैलाउने हो । गठबन्धनको यही देखिन्छ ।हामीलाई सरकारमा जान हतारो नभएको होइन हामीले त्यता हेरेको पनि छैनौं ।’

उनले कुनै परिणाम ननिस्कले ठाउँमा गन्तव्य भएको पार्टी नलाग्ने बताए । अध्यक्ष ओलीले सरकारको तागत नै झुट बोल्नु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077