Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सरकारलाई ४ खर्ब बजेट अपुग, राजस्वले तलबभत्ता खुवाउनै मुस्किल

    सरकारलाई ४ खर्ब बजेट अपुग, राजस्वले तलबभत्ता खुवाउनै मुस्किल

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 2.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले आर्थिक वर्ष सकिने बेलामा एकै दिन ४१ अर्ब रुपियाँभन्दा बढीको भुक्तानी गरेको छ ।

    महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको अन्तिम भुक्तानी गर्ने दिन आइतबारमात्रै ४१ अर्ब ६८ करोड ३९ लाख रुपियाँ भुक्तानी दिएको थियो । महालेखाले आइतबार राति १२ बजेपछि सरकारको सबै भुक्तानी रोकेको छ ।



    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात दिनअगावै सरकारले भुक्तानी रोक्नुपर्ने हुन्छ ।



    आइतबारसम्म कुल बजेट ७६ दशमलव ६४ प्रतिशत मात्रै खर्च भएको छ । जेठ मसान्तसम्म कुल ११ खर्ब ७३ अर्ब ५ करोड ५० लाख रुपियाँ अर्थात् विनियोजित बजेटको ६५ दशमलव ४१ प्रतिशत मात्रै खर्च भएकोमा असार २४ गते १३ खर्ब ७४ अर्ब ५७ करोड ८१ लाख रुपियाँ खर्च भएको छ ।

    जबकि अघिल्लो दिनसम्म १३ खर्ब ३३ अर्ब ७ करोड ४२ लाख रुपियाँ खर्च भएको थियो । सरकारले अघिल्लो दिनमा चालू ९ खर्ब ८३ अर्ब ३८ करोड १२ लाख रुपियाँ खर्च गरेकोमा आइतबार १० खर्ब १ अर्ब ८२ करोड ४४ लाख रुपियाँ पुर्‍याएको छ । एक दिनमा चालू खर्चतर्फ १८ अर्ब ४४ करोड रुपियाँ खर्च गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार