Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदीप पौडेल भन्छन् - सभामुखले कसैको आग्रह र दबाबलाई स्विकार्नु हुँदैन, प्रक्रिया सच्याउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सभामुखले बैठक सञ्चालनको सन्दर्भमा कसैको आग्रह र दबाबलाई स्विकार्ने परिस्थितिलाई सच्याउनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले संसद् बैठकको प्रक्रियामा धेरै ठूलो प्रश्न जन्मिएको बताए । सांसद पौडेलले सभामुखले कसैको आग्रह र दबाबलाई स्विकार्नुपर्ने परिस्थिति बनेको भन्दै यसलाई सच्याउनुपर्ने बताए ।

संसद् चल्न नदिने परिस्थितिको पनि अन्त्य हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077