Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बाँस्कोटाले भने - प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे जनतालाई स्पष्ट पार्नुपर्छ

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटालाई प्रधानमन्त्रीको अभिव्यक्तिप्रति स्पष्ट जवाफ आउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बाँस्कोटाले यस्तो बताएका हुन् । सांसद बाँस्कोटाले आफ्नो देशको प्रधानमन्त्री कहिले पनि कमजोर होस् भन्ने नचाहेको बताए ।

सांसद बाँस्कोटाले भने, ‘तपाईंले तीरंगा उचाल्ने कि चन्द्रसूर्य झण्डा उचाल्ने संसदमा भन्नुपर्‍यो । हाम्रो प्रधानमन्त्री हामीले बनाएको भन्ने विश्वास दिलाउनुपर्‍यो । यो जनता दुस्खी र सर्वभौम सत्तामाथि हमला हुने कुरा र प्रधानमन्त्रीको निरन्तर मौनता हाम्रो लागि स्वीकार्य भएन । देशको लागि स्वीकार्य भएन । चारतारे लालतारे झण्डलाई जेसुकै होस् तर चन्द्र सूर्यको लागि स्वीकार्य भएन ।’

उनले आन्तरिकरूपमा जेसुकै भएपनि प्रधानमन्त्री सार्वभौम हुनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्रीको अभिव्यक्तिप्रति स्पष्ट जवाफ आउनुपर्ने नेता बास्कोटाको अडान थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077