Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं जिल्ला अदालतभित्र पार्किङ गर्न पाउनुपर्ने भन्दै कानुन व्यवसायी आन्दोलित

काठमाडौं । बबरमहलस्थित काठमाडौं जिल्ला अदालतभित्र सवारी साधन पार्किङ गर्न पाउनुपर्ने भन्दै कानून व्यवसायीहरु आन्दोलित भएका छन् ।

सोमबार अदालत परिसरभित्र आउने कानून व्यवसायी र सेवाग्राहीहरुलाई पार्किङ गर्न नदिइएको भन्दै कानून व्यवसायीहरु आन्दोलित भएका हुन् ।

उनीहरुले अदालत प्रशासनलाई आम सर्वसाधारणका लागि पार्किङको व्यवस्था गर्न ज्ञापनपत्र समेत बुझाएका छन् । आन्दोलित कानुन व्यवसायीहरुले पार्किङ खुलाउनुपर्ने भन्दै जिल्ला अदालत अगाडि नाराबाजी समेत गरेका थिए।

अदालतले भित्र पार्किङ गर्न नदिने र महानगरपालिकाले सडक पेटीमा पार्किङ गर्न नदिने हुँदा आम सर्वसाधारण समस्यामा परेको भन्दै पार्किङस्थलमा सञ्चालित क्यान्टिन हटाएर पार्किङ गर्न दिन माग गरेका छन्।

काठमाडौं जिल्ला अदालत नेपाल बार एशोसिएशनका अध्यक्ष रामचन्द्र पौडेलले सोमवारदेखि नै जिल्ला अदालतको गेट नम्बर ४ मा कानून व्यवसायीहरुका लागि पार्किङ सुविधा गरिएको र अण्डरग्राउन्ड पार्किङ पनि छिट्टै खुल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077