Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडेगलेको मिठाइँ बेच्ने आकाश फुड्सलाई महानगरले तिरायो डेढ लाख जरिवाना

काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित आकाश फुड्सले सडेगलेको तथा ढुसी परेको मिठाइँ बेचेको पाईएपछि काठमाडौं महानगरले जरिवाना तिराएको छ ।

महानगरले अनुगमन गर्ने क्रममा सो मिठाइँ पसलमा सडेगलेको र ढुसी परेको मिठाइँ तथा किरा परेको अन्य खाद्य सामाग्री बिक्रीवितरण गरेको पाइएपछि डेढ लाख नगद जरिवाना लिएको हो ।

महानगरले बजार व्यवस्थापन तथा अनुमगन ऐन,२०७७ को दफा २९ को खण्ड ९ बमोजिम कसुर गरेको भन्दै उक्त फुड्सका सञ्चालक अंकुर अग्रवाललाई सो रकम जरिवाना गराउन लागेको हो ।

महानगरले उक्त जरिवाना रकम सात दिनभित्र बजार अनुगमन समितिको खातामा जम्मा गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077