Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न परेको रिट निवेदन आजका लागि हेर्न नभ्याइनेमा परेको छ।

डिभिजन बेन्चमा धेरै मुद्दा भएकाले न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदन हेर्न नभ्याइनेमा राखेको हो। गत विहीबार थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

निवर्तमान मुख्यमन्त्री एवम् कोशी प्रदेश नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै शुक्रबार रिट दर्ता गराएका थिए ।

कार्कीले असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी प्रदेश सभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेशको मागसहित रिट दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077