Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा व्यापारिक जेट दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ।

रिभरसाइड काउन्टी शेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिणपश्चिमी रिभरसाइड काउन्टीको शहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाग्रस्त विमानले लस भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो ।

गत मङ्गलबार यही क्षेत्रमा सेसना विमान दुर्घटना हुँदा एक जना विद्यार्थी पाइलटको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

सङ्घीय उड्डयन प्रशासन तथा राष्ट्रिय यातायात सुरक्षा बोर्डद्वारा दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077