Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कोशी प्रदेश सरकार विस्तार : एकीकृत समाजवादीले शपथ बहिष्कार गर्ने

विराटनगर । कोशी प्रदेशमा मन्त्रीपरिषद् गठनको विषयलाई लिएर एकीकृत समाजवादी रुष्ट बनेको छ ।

सरकार गठनपूर्व सुरूआतमा गठबन्धनका दलहरूबाट एक-एक जना मन्त्री बनाउने सहमति भएको तर अहिले कांग्रेस र माओवादीबाट दुई-दुई जनालाई मन्त्री बनाउन लागिएको भन्दै एकीकृत समावादीले आपत्ति जनाएको हो।

मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रबाट जीवन आचार्य, राजेन्द्र कार्की र काङ्ग्रेसबाट रामकुमार खत्रीको शपथग्रहण केही बेरमा गर्ने तयारी भइरहेको छ । मुख्यमन्त्रीले सहमतिविपरीत मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै गठबन्धन घटक एकीकृत समाजवादीले आपत्ति जनाएको छ।

उसले आज हुने शपथ ग्रहण बहिस्कार गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री थापाले थप तीन जना विस्तार गर्ने तयारी गर्दा एकीकृत समाजवादीका कोही नपरेपछि एकीकृत समाजवादी रुष्ट बनेको हो ।

आइतबार माओवादीका दुई सहित तीन जना मन्त्री मुख्यमन्त्री थापाले थप्दै छन् । यसअघि काँग्रेस र एकीकृत समाजवादीका एक एक जना मन्त्री नियुक्ति भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077