Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनलाई अमेरिकाको आग्रह - आपसी चासोका विषयमा सोझै सम्वाद गर्नू

काठमाडौं । अमेरिकाले चीनलाई आपसी चासोका विषयमा सोझै सम्वाद गर्न आग्रह गरेको छ ।

चीन भ्रमणमा रहेकी अमेरिकी अर्थमन्त्री जेनेट येलेनले चिनियाँ उपप्रधानमन्त्री हे लाइफङसँगको भेटमा वासिङ्टन र बेइजिङले आपसी मुद्दामा सोझै सम्वाद गर्नुपर्ने बताएका हुन् ।

पछिल्लो तनावकाबीच दुई देशले सन् २०२२ मा द्विपक्षीय व्यापारमा कीर्तिमान कायम गरेको तथ्यलाई ध्यानमा राखेर पारस्परिक व्यापार र लगानीमा संलग्न हुने पर्याप्त ठाउँहरु रहेका अर्थमन्त्री येलेनको भनाइ छ ।

उनले विश्वका दुई ठूला अर्थतन्त्रबीचको सहकार्यमा जोड दिएको बताइएको छ । चीनको चारदिने भ्रमणका क्रममा अमेरिकी अर्थमन्त्रीले दुई देशबीचको तनावलाई मत्थर गर्ने वासिङ्टनको चाहना रहेको भन्दै आपसी साझेदारी बढाउने प्रयास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077