Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नारायणगढ-मुग्लिन सडकमा फेरि पहिरो खस्यो

चितवन । नारायणगढ-मुग्लिन सडक फेरि अवरूद्ध भएको छ ।

शनिबार अपराह्न इच्छाकामना गाउँपालिका-६ कालीखोलामा सुख्खा पहिरो खसेर अवरूद्ध भएको सडक राति करिब १ बजे दुईतर्फी नै सञ्चालनमा आएको थियो ।

तर, आज बिहान पौने ५ बजे इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा पहिरो खसेपछि सडक पुनः अवरूद्ध भएको हो ।

तीन नम्बर पुलमा पहिरो जाँदा सडक एकतर्फी मात्रै सञ्चालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले स्काभेटर प्रयोग गरी अवरूद्ध सडक खुलाउने काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077