Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब रसुवाका नागरिक मात्र केरूङ नाका पास गर्न पाउने

काठमाडौं । अबदेखि रसुवाबाट नागरिकता लिएका व्यक्तिलाई मात्र चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) दिईने भएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङमा व्यापार गर्न तथा त्यस क्षेत्रमा आवतजावत गर्नका लागि उपलब्ध हुँदै चाइना पासलाई थप व्यवस्थित गराउने उद्धेश्यले यस्तो व्यवस्था गरिएको हो ।

यसअघि अध्यागमन कार्यालयले बसाइसराइका आधारमा पनि बाहिरी जिल्लाका नागरिकले फर्जी बसाइँसराइ कागज पेस गर्दा उक्त पास दिँदै आएको थियो ।

तर यस विषयमा गुनासो आएपछि नागरिकतामा रसुवाको स्थायी ठेगाना उल्लेख भएका व्यक्तिलाई मात्र पास दिन अध्यागमन कार्यालय टिमुरेलाई गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको हो ।

पछिल्लो समय थोरै खर्चमा धेरै आम्दानी हुने भन्दै रोजगारीका लागि त्यहाँ जानेको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077