Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीले संसद अवरोध गर्नु सत्ताबाट बाहिरिनु पर्दाको कुण्ठा हो : घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओली सत्तबाट बाहिरिनुको छटपटीले अहिले निरन्तर संसदको अवरोध गरिरहेको बताएका छन् ।

महासचिव भुसालले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गर्नु एमालेको बचपना मात्रै भएको बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति अनौपचारिक भनाई भएको उल्लेख गर्दै उनले त्यही विषयलाई आधार बनाएर पद सकाइदिन्छु भनेर लाग्नु मृगतृष्णा मात्र भएको उनको भनाई छ ।

महासचिव भुसालले भने,‘ओलीजी सत्ताबाट झर्नुपरेको छटपटीलाई यसमा सकेसम्म शक्तिका साथ प्रयोग गर्न खोजिराख्नु भएको छ । जुन अनुचित छ ।प्रधानमन्त्रीको भाषा एकदमै औपचारिक राजनीतिक हरेक शब्द सोचेर बोल्नुपर्छ भन्ने अपेक्षा राख्छु । आगामी दिनमा प्रधानमन्त्रीले अनौपचारिक वचनमा ध्यान दिनुपर्छ । प्रधानमन्त्री बोल्दाखेरि एकदमै औपचारिक भाषा बोल्नुपर्छ ।’

उनले प्रधानमन्त्रीले पनि बोल्दा हरेक शब्द सोचेर बोल्नुपर्ने बताए । प्रधानमन्त्रीका बोलीका बारेमा असन्तुष्टि राख्नेहरूले पनि कसरी बोल्नुपर्छ भनेर सल्लाह दिन सक्ने तर सीमा नाघेर ज्यान नै लिन्छु भन्नु मृगतृष्णाको कुरा मात्र भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077