Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाले युक्रेनलाई विवादास्पद क्लस्टर बम दिने

एजेन्सी । अमेरिकाले युक्रेनलाई सर्वसाधारणको ज्यान लिनका लागि बदनाम ‘क्लस्टर बम’ पठाउने भएको छ ।

राष्ट्रपति जो बाइडेनले आफ्नो ‘निकै कठिन निर्णय’ को बचाऊ गरेका छन् ।

राष्ट्रपति बाइडेनले आफूलाई यो निर्णय लिन सहमत गराउन निकै समय लागेको तर युक्रेनमा गोलीगठ्ठा सकिनै लागेको कारण यो निर्णय लिन बाध्य भएको स्पष्टीकरण दिएका छन् ।

युक्रेनका नेताहरुले यो ‘समयसापेक्ष’ कदमको स्वागत गरेका छन् भने रुसले वासिङ्टनको दोगलापनको विरोध गरेका छन् । क्लस्टर बम विश्वका १२० देशमा प्रतिबन्धित रहेको छ ।

बाइडेनले आफ्ना सहयोगी राष्ट्रहरूलाई आफ्नो निर्णयबारे जानकारी गराइसकेको बताए । अर्को हप्ता लिथुयानियामा नेटोको सम्मेलनको आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077