Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कोशीमा फेरि प्रभावशाली मन्त्री बन्दै प्रचण्डका कान्छा ज्वाइँ आचार्य

विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट प्रदेश सांसद जीवन आचार्य फेरि मन्त्री बन्ने निश्चित भएको छ । शुक्रबार दिउँसो बसेको माओवादी केन्द्रको बैठकले आचार्यलाई पठाउने सहमति गरेको हो ।

हिक्मत कार्की नेतृत्वको सरकारमा मन्त्री भएका आचार्य उद्धव थापा नेतृत्वको सरकारमा पनि मन्त्री बन्न लागेका छन् । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आचार्यलाई सरकारमा पठाइने जानकारी दिए ।

उनी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन् । शुक्रवार बिहान मुख्यमन्त्री उद्धव थापाले कांग्रेसका प्रदीप सुनुवार र एकीकृत समाजवादीका कमल जवेगुलाई मुख्यमन्त्री थापाले मन्त्री नियुक्त गरेका थिए ।

उनीहरूलाई कुनै जिम्मेवारी भने दिइएको छैन । कांग्रेस र समाजवादी पार्टीबाट एकरएक जना मन्त्री भए पनि सत्ता साझेदार माओवादी केन्द्र र जसपा सरकारमा सामेल भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077