Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप र दीपेन्द्रले इमर्जिङ टिम्स एसिया कप गुमाउने

काठमाडौं । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।

क्यानडामा आयोजना हुने व्यवसायिक क्रिकेट प्रतियोगिता ग्लोबल टी-२० मा सहभागी हुन लागेका सन्दीप र दीपेन्द्रले राष्ट्रिय टोली खेल्ने प्रतियोगिता गुमाउन लागेका हुन् ।

जिम्बावेमा भएको आइसिसी एकदिवसीय विश्वकप छनोट खेलेर आज स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान रोहित पौडेलले दुई खेलाडीले इमर्जिङ कप गुमाउने बताए । इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ ।

ग्लोबल टी-२० क्यानडा लिग जुलाई २० देखि अगष्ट ६ सम्म हुनेछ । जसमा नेपालबाट सन्दीप र दीपेन्द्र छनोट भएका छन् ।

पहिलो पटक विदेशी लिगका लागि छनोट भएका दीपेन्द्रलाई मोन्ट्रेल टाइगर्सले ड्राफ्टमार्फत अनुबन्ध गरेको हो । यसअघि दुई पटक क्यानडामा लिग खेलिसकेका सन्दीप यस पटक सर्रे जागुअरमा अनुबन्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077