काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति वदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
एमाले कोशी प्रदेशका प्रमुख सचेत सचेतक रेवतीरमण भण्डारीले कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय खारेज गर्न मागसहित निवर्तमान मुख्यमन्त्री हिक्मत बहादुर कार्कीको तर्फबाट रिट दायर गरेका हुन् ।
नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका २९,नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टी (जसपा) का १ जना प्रदेशसभा सदस्य तथा सभामुख बाबुराम गौतमसमेतको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
नयाँ सरकार गठनमा सभामुख तटस्थ भूमिकामा रहनुपर्ने भएपनि उनको भूमिका संविधानविपरीत भएको भन्दै तीव्र आलोचना भइरहेको छ ।