काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरोध गरेपछि आज पनि राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने अभिव्यक्तिबारे जवाफको माग गर्दै एमाले सांसदले बैठक अवरुद्ध गरेका हुन् ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसदले उठेर विरोध जनाएका थिए ।
त्यसलगत्तै अध्यक्ष तिमल्सिनाले बैठक आइतबार ११ बजेर ३१ मिनेट सम्मका लागि स्थगित गरेका छन् ।