Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेले गर्‍यो राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठकमा आज पनि अवरोध गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसद उठेर विरोध जनाएका थिए ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले तीन दिनदेखि बैठक अबरोध हुँदै आइरहेको उल्लेख गर्दै संवाद र छलफलबाट समस्याको समाधान खोज्न आग्रह गरे।

उनले उठेको प्रश्न जवाफ दिन प्रधानमन्त्रीलाई सदनमा बोल्ने वातावरण बनाउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077