Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्ध एमाले-राप्रपा अदालत जाँदै

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाने भएका छन् ।

प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८ को उपधारा २ अनुसार दाबी पेस गर्दा सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएपछि आपत्ति जनाउँदै एमाले र राप्रपा अदालत जाने भएका हुन् ।

प्रदेश प्रमुख खापुङले बिहिबार नै कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई नयाँ मुख्यमन्त्री नियुक्ति गरेका थिए । नवनियुक्त मुख्यमन्त्री थापाले बुधबार सपथ लिएर सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादीलाई समेटेर सानो मन्त्रिमण्डल समेत बनाएका छन् ।

प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेश माग्दै रिट निवेदन दिने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077