Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस जिल्ला सभापतिहरूको दोस्रो दिनको बैठक पार्टी कार्यालय सानेपामा

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको दोस्रो दिनको बैठक सुरु भएको छ ।

हिजोबाट सुरु भएको जिल्ला सभापतिहरूको बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि जारी रहेको छ ।

बिहीबारको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफनो धारणा राखेका थिए भने बाँकीले आज आफनो धारणा राखिरहेका छन् ।

बैठकमा ४२ जिल्ला सभापति र १८ जना जिल्ला सभापतिले पठाएका प्रतिनिधिहरु सहभागी रहेका छन् ।

जिल्ला सभापतिहरूले धारणा सुनेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफसहित पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077