Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशका मुख्यमन्त्री थापाद्वारा मन्त्रिपरिषद विस्तार, को–को बने मन्त्री ?

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सत्ता गठबन्धन दलका दुई जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नवनियुक्त मुख्यमन्त्री थापाले सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादीलाई समेटेर सुरुमा सानो मन्त्रिमण्डल बनाएका हुन् ।

शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र एसबाट कमल जवेगु मन्त्री भएका छन् ।

दुवैजना बिना विभागीय मन्त्री बनेका हुन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री थापाले शुक्रबार प्रदेश प्रमुखबाट शपथ लिएसँगै मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077