विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिएका हुन् ।
थापाले आजै सानो मन्त्रीमण्डल गठन गर्ने भएका छन् ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीका १–१ जना सांसदलाई मन्त्री बनाएर सानो मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको बताइएको छ ।