विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आइतबार पद तथा गोपनियताको सपथग्रहण गर्दैछन् ।
विराटनगरस्थित प्रदेश प्रमुख परशुराम खापुंगले अहिले ९ बजे नवनियुक्त मुख्यमन्त्री थापालाई सपथग्रहण गराउन लागेका हुन् ।
सपथग्रहण गरेसँगै ३ देखि ४ संख्याको मन्त्रीमण्डल विस्तार हुने बताइएको छ ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीका १–१ जना सांसदलाई मन्त्री बनाएर सानो मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको छ ।