Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा ११ मा दिइने छात्रवृत्तिको विवरण पठाउन निजी शिक्षण संस्थालाई महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा हुने विद्यार्थी भर्नाका लागि कम्तीमा १५ दिनसम्मको सूचना प्रकाशन गर्न विद्यालयलाई आह्वान गरेको छ ।

महानगरको शिक्षा विभागले आज सार्वजनिक सूचना निकालेर एसईई पास भएका र कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि कम्तीमा १५ दिनको सूचना प्रकाशन गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध गरेको हो ।

विगतमा छोटो अवधिको सूचना प्रकाशन हुने गरेको गुनासो आएको र यसबाट दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाण्डौ आउने विद्यार्थीहरु आवेदन दिन वञ्चित भएकोतर्फ ध्यानाकर्षण भएको महानगरले जनाएको छ ।

‘राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा प्रकाशन भइसकेको छ। विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको अनुभव छ। यसबाट देशका दूर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौँ आउने विद्यार्थीहरू आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ,’ महानगरले भनेको छ ।

यस्तै, शिक्षा विभागले कक्षा ११ मा भर्ना गरिने विद्यार्थीलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन पनि निर्देशन दिएको छ । ‘यस प्रयोजनका लागि काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९/०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या आषाढ मसान्तभित्र पठाउनुहुन सूचित गरिन्छ,’ महानगरले भनेको छ।

२०७९र८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सङ्ख्या असार मसान्तभित्र पठाउन सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077