Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एसईई उत्तीर्ण गर्ने विद्यार्थीलाई बधाई दिँदै ओलीले भने - रुचिको आधारमा विषय छनोट गर्नू

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्ने विद्यार्थीलाई बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत एसईईको परीक्षामा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिएका हुन् ।

अध्यक्ष ओलीले एसइई उत्तीर्ण विद्यार्थीलाई अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिए ।

उनले लेखेका छन्, 'एसईईको परीक्षणमा सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने प्यारा भाइबहिनीहरुमा हार्दिक बधाई ! अबको पढाइमा विषय छनौट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिन्छु । शिक्षामा आफूले छनौट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस् । जीवनका सम्पूर्ण परीक्षा सफल होउन्, उत्तरोत्तर प्रगतिको कामना !'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077