हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ ।
बिहीबार बसेको प्रदेशसभा बैठकले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पास गरेको हो ।
यसअघि प्रदेशसभामा सरकारले ल्याएको बजेट प्रति विरोध जनाउँदै आएका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित राप्रपा लगायतका दलहरूको मागलाई पनि सम्बोधन हुनेगरि सत्तापक्षले छुटेका योजनालाई समावेश गर्ने भएपछि बजेट पास भएको हो ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।