Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नवनियुक्त मुख्यमन्त्री थापाले भने - सभामुखलाई विवादमा पार्ने काम गरेको छैन

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सभामुखलाई विवादमा पार्ने काम आफूहरुले नगरेको दाबी गरेका छन् ।

मुख्यमन्त्री नियुक्तिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनियुक्त मुख्यमन्त्री थापाले यस्तो बताएका हुन् । उनले सरकार गठनका लागि दाबी पेश गर्ने क्रममा सभामुख नभई प्रदेशसभा सदस्य बाबुराम गौतमको समर्थन लिएको बताए।

नवनियुक्त मुख्यमन्त्री थापाले भने,‘उहाँ सभामुख मात्र होइन, प्रदेशसभा सदस्य पनि हो । ९३ जना प्रदेशसभा सदस्यमा बाबुराम गौतम पनि हो । हामीले सभामुखको नाताले होइन, प्रदेशसभा सदस्यको नाताले समर्थन लिएका छौं ।’

कांग्रेस संसदीय दलका नेता समेत रहेका थापाले मुख्यमन्त्रीमा दाबी गर्दा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका साथै सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए ।

सभामुख निर्वाचित भएसँगै गौतमले दलको सदस्यता त्यागेको भन्दै थापाले आफूहरुले पनि तटस्थ सदस्यका रुपमा गौतमको समर्थन लिएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077