Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए ।

यहाँ गठबन्धनसँग ४६ सांसद छन् । एमाले-राप्रपासँग पनि ४६ नै सीट रहेको छ । राप्रपाले गठबन्धनलाई साथ नदिएपछि सभामुख बाबुराम गौतमलाई माओवादी सांसद गनेर बहुमत पुर्‍याइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077