Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाले गरे दाबी पेश

विराटनगर । कोशी प्रदेशमा कांग्रेस नेता उद्धव थापाले ४७ सांसदसहित मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

बिहीबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष ४७ सांसदसहित थापाले मुख्यमन्त्रीका लागि दावी पेश गरेका हुन् ।

थापालाई माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीका सांसदले साथ दिएका छन् ।

प्रदेश सभाका रहेका दलहरूले सभामुख बाबुराम गौतमको पनि नाम समावेश गरेर बहुमत दाबी गरेका छन्।

प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न बिहीबार साँझ पाँच बजेसम्मको समय दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077