Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पृथ्वीराजमार्गको पहिरो हटाएपछि एकतर्फी सुचारु

तनहुँ । पृथ्वीराजमार्गको दमौली–पोखरा खण्डमा भएको अवरोध हटेको छ ।

बुधवार साँझ ६ बजे म्याग्दे गाउँपालिका– ६ मौरीबजार र तुरतुरे बजारको बिचमा खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरो हटाएर हाल एक तर्फी रूपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । करिब १५० मिटर माथिबाट सुख्खा पहिरो खसेर राजमार्ग पूर्ण रूपमा बन्द भएको थियो ।

चार घण्टा ३५ मिनेट सम्म निरन्तर पहिरो हटाएपछि एकतर्फी सुचारु भएको र आज दिउँसो सम्ममा दुवैतर्फ खुलाउने गरी काम भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077