Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग पूर्वप्रधानमन्त्री माधव नेपालको भेटवार्ता

काठमाडौं । श्रीलंका भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् ।

उनले बुधबार साँझ राष्ट्रपति रणिल विक्रमसिंघे र प्रधानमन्त्री दिनेश गुणवर्धनासँग भेटवार्ता गरेका हुन् । गर्नुभएको शिष्टाचार भेटवार्तामा दुई देशबारे छलफल भएको छ ।

राष्ट्रपति विक्रमसिंघेसँग राष्ट्रपति निवासमा अध्यक्ष नेपालले ४५ मिनेट दुई देशबारे छलफल गरेका हुन् । यस्तै, अध्यक्ष नेपालले प्रधानमन्त्री गुणवर्धनासँग पनि प्रधानमन्त्री निवासमा करिब १ घण्टा पाँच मिनेट लामो शिष्टाचार भेटमा दुई देशको भाइचारा सम्बन्ध, एसियाका मुलुकहरुमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टीको ८० औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी हुन सोमबार श्रीलंका प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077