Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँ । पहिरोले पृथ्वी राजमार्गको दमौली-पोखरा सडकखण्ड अवरुद्ध भएको छ ।

बुधबार साँझ ६ बजे म्यादे गाउँपालिका ६ मौरीबजार र तुरतुरे बजारको नजिक पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

करिब १५० मिटर माथिबाट सुख्खा पहिरो खसेर राजमार्ग पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पहिरो हटाउनको लागि जिल्ला प्रहरी कार्यालय तनहुँबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीसहितको विपद् व्यवस्थापन प्रहरी टोली, ईलाका प्रहरी, कार्यालय बेलचौतारा तनहुँबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली पहिरो स्थलमा पुगेको बताइएको छ ।

सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077