Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभाको बैठक भोलि सम्मका लागि सर्‍यो

काठमाडौं । बुधबार बसेको बैठकमा एमाले सांसदहरुले अवरोध गरेपछि आजै बस्नेगरी स्थगित भएको राष्ट्रिय सभाको बैठक बिहीबारसम्मको लागि स्थगित भएको छ ।

बुधबार दिउँसो बसेको बैठक ३ बजेर एक मिनेटमा पुनः बस्ने गरी स्थगित गरिए पनि विशेष कारण देखाएर बिहीबार दिउँसो १ः०१ बजे बस्नेका लागि सारिएको हो ।

बुधबार दिउँसो बैठक सुरु भएलगत्तै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्रीले सरदार प्रितम सिंहबारे दिएका अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गरेका थिए ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077