Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अख्तियारको दुई स्टिङ अप्रेसन : लेखापाल र इन्जिनियर १ लाख ७० हजार घुस रकमसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिंदा लिंदै गाउँपालिकाका लेखापाल र इन्जिनियरसहित तीन जनालाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले रुपेन्देही टोटहीमाई गाउँपालिका इन्जिनियर अरविन्द कुमार यादवलाई ४५ हजार तथा महोत्तरीको साम्सी गाउँपालिकाका लेखापाल रोशनकुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई १ लाख २५ हजार घुस रकमसहित पक्राउ गरेको हो ।

टोटहीमाई गाउँपालिका वडा नं. ७ मा पर्ने सडकको ग्राभेल र पीसीसी गर्ने कार्यको नापजाँचपछि भुक्तानी गर्ने प्रयोजनको लागि इन्जिनियर यादवले सेवाग्राही घुस मागेको अख्तियारले जनाएको छ ।

आयोगको बुटवल कार्यालयको टोलीले इन्जिनियर यादवलाई ४५ हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

त्यसैगरी आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले साम्सी गाउँपालिकाका लेखापाल रोशनकुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई पक्राउ गरेको हो ।

कोभीड–१९ सम्बन्धी जनचेतनामूलक कार्यको भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग १ लाख २५ हजार घुस लिइरहेको अवस्थामा आयोगको टोलीले लेखापाल राउतको कार्यकक्षबाटै दुबै जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077