Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरोनाको भुक्तानी दिन १ लाख २५ हजार घुस लिने लेखापाल रंगेहात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिंदै गर्दा गाउँपालिकाका लेखापालसहित दुई जनालाई पक्राउ गरेको छ ।

आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले महोत्तरीको साम्सी गाउँपालिकाका लेखापाल रोशनकुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई रंगेहात पक्राउ गरेको हो ।

कोभीड–१९ सम्बन्धी जनचेतनामूलक कार्यको भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग १ लाख २५ हजार घुस लिइरहेको अवस्थामा आयोगको टोलीले लेखापाल राउतको कार्यकक्षबाटै दुबै जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077