Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रियसभामा एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ ।

प्रधानमन्त्रीले केही दिनअघि भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दी दिएको अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको नभएको भन्दै एमालेले राजीनामा माग गरेको हो।

बैठकको सुरुमै एमाले सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीले सरदार प्रितम सिंहबारे दिएका अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गरे । बैठकमा नाराबाजी चर्किएपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ३ बजेर एक मिनेटमा पुनः बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

सरदार प्रितम सिंहबारे लेखिएको‘रोड्स टु द भ्यालीद लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ नामक पुस्तक विमोचनमा प्रधानमन्त्री प्रचण्डले सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली जाने गरेको आशयको अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077