Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले दिएको विवादास्पद अभिव्यक्तिको विरोध गर्न एमाले छलफलमा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। संघीय संसद भवनस्थित ल्होत्से हलमा बैठक सुरु भएको हो ।

संसदीय दलका सचेतक महेस बर्तौलाका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो विवादास्पद अभिव्यक्तिको संसदमा विरोध गर्ने निर्णयको लागि संसदीय दलको बैठकमा छलफल हुँदैछ।

संसद सचिवालयले प्रतिनिधिसभा बैठक बुधबार दिउँसो तीन बजेको लागि बोलाएको छ।

प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ।

भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077