Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

छुटेका योजना बजेटमा समावेश गर्ने बागमती सरकारको निर्णय

हेटौंडा । बागमती प्रदेश सरकारले बागमती प्रदेशमा प्रतिपक्ष दलको छुटेका योजनाहरूलाई समावेश गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले बागमती प्रदेश सरकाले बजेट निर्माण गर्दा प्रतिपक्ष दलका छुटेका योजनाहरूलाई समावेश गर्ने निर्णय गरेको हो ।

त्यस्तै, सरकारले पहिलोपटक प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १५ को उपदफा १ बमोजिम डा चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई प्रदेश प्रशासन सेवा, एघारौं तहमा बढुवा गरेको छ ।

पर्यटन उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना, हेटौंडा र पर्यटन विकास आयोजना, इकाई कार्यालय, काठमाडौँको २०८० श्रावणदेखि २०८२ आषाढ मसान्तसम्म २ वर्षको लागि म्याद थप्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077