काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो २ः३१ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेको हो ।
आजको बैठकमा विनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ ।
मन्त्रालयको विभिन्न शीर्षकमाथि संसद्हरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
Leave a Reply