Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गरियोस् : राष्ट्रियसभा सांसद शेर्पा

काठमाडौं । राष्ट्रियसभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड हुनुपर्ने उनको भनाई थियो ।हेलिकप्टरबाट दोस्रो क्याम्पमा पुगेकाहरुलाई पनि सगरमाथा आरोण गरेको मान्यता दिने गरेकोप्रति आपत्ति समेत जनाए ।

साथै उनले पर्यटकहरुकै कारण हिमाली क्षेत्रको वातावरण प्रदुषित हुन पुगेको उल्लेख गर्दै त्यस्तो हुन नदिन पनि सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077