Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • बहुमत पुर्‍याउन सत्ता गठबन्धनलाई सकस – मध्यावधिको खतरामा कोशी प्रदेश

    बहुमत पुर्‍याउन सत्ता गठबन्धनलाई सकस – मध्यावधिको खतरामा कोशी प्रदेश

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 750
    SHARES

    काठमाडौं । नेकपा एमाले नेतृत्वको कोसी प्रदेश सरकार अल्पमतमा परेसँगै बहुमतको सरकार गठनमा दलहरूलाई सकस देखिएको छ ।

    नयाँ सरकार गठनका लागि कोसी प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई दिएको असार २१ गते बेलुका ५ बजेसम्मको समयमा बहुमत जुटाउन निकै सकस देखिएको हो ।



    संघीय सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरूले सरकारका गठनका लागि आवश्यक बहुमत पुर्‍याउन नसक्दा प्रदेशसभा मध्यावधितर्फ जान सक्ने खतरा बढेको छ ।

    सत्ता गठबन्धनका दलहरूले बहुमत पु¥याउने दाबी गर्दै आए पनि मध्यावधिको खतरा बाँकी नै रहेको प्रदेश सभामुख बाबुराम गौतमले बताए । उनले मध्यावधिको खतरा भए पनि त्यसलाई टार्नका लागि सभामुखको हैसियतले सबै प्रयत्न गर्ने बताए । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार