Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, मधेस र लुम्बिनीमा हावाहुरी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा चट्याङ्ग सहितभारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाई छ ।

राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077