Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डलाई मिनेन्द्रको जवाफ - राष्ट्रपति बन्नु वा नबन्नु गिरिजाबाबुका लागि मुख्य थिएन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले स्व. गिरिजाप्रसाद कोइरालाका लागि राष्ट्रपति बन्नु वा नबन्नु प्रमुख विषय नरहेको स्पष्ट पारेका छन् । सोमबार नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको श्रम, अधिकार र सम्झनामा गिरिजाबाबु नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्व. गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्व. कोइरालालाई आफूले राष्ट्रपति नबनाएकोमा पश्चाताप लागेको बताएका थिए ।

आफू गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा कोइरालालाई पहिलो राष्ट्रपतिको प्रस्ताव गर्नुपर्ने तर आफूले गर्न नसकेकोमा पश्चताप लागेको बताएका थिए ।

प्रधानमन्त्रीको सो अभिव्यक्तिबारे नेता रिजालले स्व. कोइरालालाई प्रधानमन्त्रीले जति तिल लिएर श्रद्धाञ्जली व्यक्त गरे पनि नपुग्ने बताए । स्व. गिरिजाप्रसाद कोइरालालाई धेरै तिल हालेर श्रद्धाञ्जली दिएर पुग्छ भन्ने नठान्न उनले प्रधानमन्त्रीलाई सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077