Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसको निर्देशन - सार्वजनिक स्थलमा नीति र नेतृत्वको विरोध तथा आलोचना नगर्नू

काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोध र आलोचना नगर्न आग्रह गरेको छ।

पार्टी प्रचार विभागको सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पहिलो बैठकले पार्टी संगठनका सबै तहका पदाधिकारी तथा सदस्यहरूका नाममा यस्तो निर्देशन जारी गरेको हो ।

विभागका प्रमुख मीनबहादुर विश्वकर्माको नेतृत्वमा बसेको बैठकले सञ्चार तथा प्रचार विभागको आफ्नै वेबसाइट र आधिकारिक सामाजिक सञ्जाल पेज पनि सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

साथै पार्टीको नाम झण्डा र चुनाव चिह्न राखेर खोलिएको सामाजिक सञ्जालका अकाउन्ट तथा ग्रुपहरूलाई सम्पर्कमा ल्याउने र आउन नचाहे कानुनी दायरामा ल्याउने भएको छ ।

यस्ता छन् निर्णय

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077