Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपाध्यक्ष पाण्डेलाई एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई दिएको छ ।

अध्यक्ष माधवकुमार नेपाल राजनीतिक भ्रमणका लागि आज श्रीलङ्का प्रस्थान गरेसँगै उपाध्यक्ष पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

अध्यक्ष नेपाल श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पुरा भएको सन्दर्भमा आयोजित कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

त्यस्तै, उनी दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरूको बैठक र कन्फ्रेन्समा पनि सहभागी हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077