Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अटो दुर्घटना हुँदा उदयपुरमा चालकको मृत्यु

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरीस्थित सडकमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका-१२ बस्ने १८ वर्षीय मोहमत रूस्तम रहेका छन् । आइतबार राति नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको स.१ ह ३६२२ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य १ जनाको विराटनगर नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077