Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायीको प्रदर्शन

काठमाडौं । कानून व्यवसायीहरू बहस छाडेर आन्दोलनमा उत्रिएका छन् ।

अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानून व्यवसायीलाई पक्राउ गरिएको विरोधमा बहस छाडेर आन्दोलनमा उत्रिएका हुन् ।

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादपछि भएको हातहाल हाल भएको घटनालाई लिएर कानुनी व्यवसयी आन्दोलित छन् ।

उनीहरुले ललितपुर बार एशोसिएसनको पहलमा जिल्ला अदालत ललितपुरमा विरोध सभा गरेका छन् ।

यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए ।

आइतबार नै नेपाल बार एशोसिएसनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो । गत बुधबार जिल्ला अदालतको कार्यालयभित्र नासु तामाङमाथि हातपात गरेको आरोपमा प्रहरीले लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077