Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

    दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 765
    SHARES

    फाइल तस्विर

    चितवन । पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक पुनः सञ्चालनमा आएको छ ।

    गएराति २ बजे पहिरो खसेपछि अवरूद्ध भएको सडक अहिले दुईतर्फी नै सञ्चालनमा आएको हो ।



    चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति २ बजे पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो ।



    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजेदेखि पहिरो पन्छाउन थालिएको थियो । पहिरोमा परी एउटा ट्रक पनि पल्टिएको थियो ।

    उक्त ट्रकलाई सडक किनारामा राखिएको र सवारी आवागमन दुईतर्फी नै सञ्चालन गरिएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार